काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको ‘एनुअल ब्रान्च म्यानेजर्स कन्फरेन्स २०८२’ सम्पन्न भएको छ । कम्पनीका अनुसार नारायणगढमा साउन १० देखि १४ गतेसम्म पाँच दिन विभिन्न कार्यक्रमहरूका साथ एनुअल ब्रान्च म्यानेजर्स कन्फरेन्स २०८२ कार्यक्रम सम्पन्न गरिएको हो । सम्मेलनमा देशैभरिका एक सय १५ शाखाबाट शाखा प्रमुख र केन्द्रीय कार्यालयबाट व्यवस्थापन समूहको सहभागिता थियो ।
प्रभु महालक्ष्मी लाइफ इन्स्यारेन्सका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले कार्यक्रमको उद्घाटन गर्दै सबैको मिहिनेतले गत आर्थिक वर्ष २०८१–८२मा व्यवसाय वृद्धिका हिसाबले नेपाली बीमा क्षेत्रमा प्रभु महालक्ष्मी लाइफ इन्स्यारेन्सको अब्बलता साबित गर्ने सबै शाखा प्रमुख, कर्मचारी, अभिकर्ता, व्यवस्थापन समूह, सञ्चालक समितिलगायतलाई धन्यवाद व्यक्त गरे । कम्पनीलाई विश्वास गरी बीमा गर्ने सम्पूर्ण बीमितहरूलाई धन्यवाद व्यक्त गर्दै यो विश्वासलाई जिम्मेवारीको रूपमा ग्रहण गरेको बताए । त्यसैगरी आर्थिक वर्ष २०८२–८३को व्यवसायी लक्ष्य र उक्त लक्ष्य हासिल गर्ने कम्पनीको रणनीति प्रस्तुत गर्दै सोहीअनुसार अगाडि बढ्न निर्देशन दिए ।
उत्कृष्ट कार्यसम्पादनका आधारमा विभिन्न विधामा कर्मचारीहरूलाई अवार्ड, प्रमाणपत्रसहित सम्मान गरिएको थियो । कार्यक्रममा प्रभु महालक्ष्मी लाइफ इन्स्यारेन्सका नायब प्रमुख कार्यकारी अधिकृत किशोरप्रसाद लामिछानेले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कम्पनीका नायब महाप्रबन्धक सोनबहादुर मगरले आर्थिक वर्ष २०८२–८३को अझ सशक्त र आक्रमक बजार विस्तार गर्ने व्यावसायिक रणनीतिको बारेमा प्रकाश पारे ।
कार्यक्रममा एनएलपी कोच मिन घलेले जीवन बीमा व्यवसायका समस्या, सोको समाधान, व्यवसाय विस्तारको कार्यगत रणनीतिका बारेमा व्यावहारिक तालिम प्रदान गरेका थिए । साथै कार्यक्रममा प्रसिद्ध कलाकार कम्पनीका ब्राण्ड एम्बेष्डर मनोज गजुरेलको मनोरञ्जनात्मक प्रस्तुति रहेको थियो ।