काठमाडौ । एनआईसी एसिया बैंकका ग्राहकहरूलाई काठमाडौं नयाँ बानेश्वर, महाराजगञ्ज र पोखरास्थित चिप्लेढुंगामा सञ्चालिन कोरियन स्किन हस्पिटल लेट मेइनमा विभिन्न सेवाहरूमा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा सम्झौता भएको छ । यो सम्झौतापछि यस बैंकका ग्राहकहरूले लेट मेइनमा सेवा लिई डिजिटल भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।
ग्राहकहरूले यस कम्पनीले उपलब्ध गराएका विभिन्न सेवाहरूमा १० प्रतिशत र कोरियन उत्पादनहरूमा ८ प्रतिशतको छुट सुविधा उपभोग गर्न सक्नेछन् । यो सुविधाको उपभोग गर्न ग्राहकहरूले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबाइल बैंक एपमार्फत भुक्तानी गर्नुपर्ने छ । लेट मेइनसँगको यस सहकार्यले ग्राहकहरूलाई विशेष छुट उपलब्ध हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवर्द्धन गर्न सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।