काठमाडौ । काठमाडौंको चाबहिलको चुच्चेपाटीमा रहेको ‘स्कलर्स ग्यान एकेडेमी’को उद्घाटन गरिएको छ । हाइब्रिड मोडलमा शिक्षा दिने उद्देश्यले खुलेको सो विद्यालयमा भौतिक तथा डिजिटल दुवै माध्यमबाट कक्षा सञ्चालन गरिने विद्यालयले जनाएको छ । जसले विद्यार्थीहरूलाई समय र स्थानको समस्याविनै अध्ययन गर्न सहज वातावरण प्रदान गर्नेछ ।
साउन १६ देखि २३ गतेसम्म ‘ओपनिङ सप्ताह’ मनाउँदै एकेडेमीले विशेष छुट योजना ल्याएको छ । यसअन्तर्गत तयारी कक्षामा ८० देखि शतप्रतिशतसम्म शुल्क छुट दिइने विद्यालयले जनाएको छ । अनुभवी प्रशिक्षकद्वारा सञ्चालन गरिनेछन् कक्षामा भाषा सीप, परीक्षा रणनीति, समय व्यवस्थापन र मनोवैज्ञानिक तयारी समेत समावेश गरिने बताइएको छ ।
विद्यालयका संस्थापक बाबुराम कार्कीले विद्यार्थीलाई कक्षामा पढाउने मात्रै नभएर भविष्यमा प्रतिस्पर्धी बनाउने उद्देश्यका साथ विद्यालय स्थापना गर्न लागिएको बताए । एकेडेमीले डिजिटल एपमार्फत अध्ययन सामग्री, रेकर्डेड लेक्चर, प्रत्यक्ष अनलाइन कक्षा र अभ्यास परीक्षणको सुविधा दिने कार्कीको भनाइ छ । टाढा बसोबास गर्ने वा विभिन्न काममा व्यस्त युवाहरूका लागि यो हाइब्रिड मोडलको शिक्षा उपयोगी हुने उनको विश्वास छ ।
स्थानीय समुदाय, अभिभावक र विद्यार्थीहरूले एकेडेमीको शिक्षण शैली र सुविधालाई सकारात्मकरूपमा स्वागत गरेका छन् । चाबहिलमा फिजिकल कक्षा सञ्चालनमा रहेको एकेडेमीले निकट भविष्यमा देशका अन्य सहरहरूमा सेवा विस्तार गर्ने योजना समेत अघि सारेको छ । इच्छुकहरूले सिधै एकेडेमीमा वा अनलाइनमार्फत परामर्श लिन सक्नेछन् ।