काठमाडौ । नेपालको सवारी साधन इतिहासमै पहिलोपटक कुनै स्कुटरले पाँच हजार तीन सय मिटर उचाइमा अवस्थित ज्याङ्ला पास (उपल्लो डोल्पा)सम्मको साहसिक यात्रा पार गरेको छ । यो कीर्तिमानी यात्रा नेपाल एट्ठ वन्डर टोलीले स्याकार ट्रेडिङ कम्पनी प्रालिको सहकार्यमा होन्डा डिओ १२५ स्कुटरमार्फत सम्पन्न गरेको हो ।
सहरी यात्राका लागि निर्मित स्कुटरले हिमाली भू–परिधिमा प्रवेश गरेर देखाएको प्रदर्शनीले नेपाली मोटर यात्राको सीमालाई नै पुनः परिभाषित गरिदिएको कम्पनीको दाबी छ । कम्पनीका अनुसार काठमाडौंदेखि डोल्पासम्मको यात्रा, जोमसोम, भेरोल, धो तराप हुँदै ज्याङ्ला पाससम्म पुगेको यो मार्ग सहज थिएन । यात्रामा लगातार उकालो, ढुङ्गे बाटाहरू, खोला र बगर पार गर्दै अक्सिजनको न्यूनता झेल्दै होन्डा डिओ १२५ ले कुनै ठूला यान्त्रिक समस्याविना यो यात्रा सम्पन्न गरेको हो ।
स्कुटरमा समावेश गरिएको १२३.९२ सीसी बीएस सिक्स इन्जिन, इन्ह्यान्स्ड स्मार्ट पावर (ईएसपी), साइलेन्ट स्टार्ट विथ एसीजी, आइडेलिङ प्रणाली, कम्बाइन्ड ब्रेकिङ सिस्टम (सीबीएस)लगायतका अत्याधुनिक प्रविधिका कारण यो असाधारण सफलता हासिल गर्न सफल भएको कम्पनीले जनाएको छ । साथै, टेलिस्कोपिक फ्रन्ट सस्पेन्सन, थ्री–स्टेप एड्जस्टेबल रियर सस्पेन्सन, डिजिटल मिटर, युएसबी चार्जिङ पोर्ट र ठूलो बुट स्पेसजस्ता फिचरहरूले लामो र चुनौतीपूर्ण यो यात्रालाई सहज बनाएको नेपाल एट्ठ वन्डरले जनाएको छ ।
नेपाल एट्थ वन्डर टोलीले यो यात्रा केवल स्कुटरको क्षमता परीक्षण मात्र नभएर एक प्रेरणादायी सन्देश पनि रहेको बताएको छ । उनीहरुका अनुसार, यो यात्रा नेपाली मोटरिङ इतिहासकै एक प्रेरक अध्याय बन्न पुगेको छ । होन्डा डिओ १२५ अब केवल सिटी स्कुटर मात्र नभएर, गन्तव्यभन्दा पर पुग्न तयार ‘मिसन कम्प्लिट’ सवारी प्रमाणित भएको दाबी कम्पनीको छ । स्याकार ट्रेडिङ कम्पनी प्रालि, विगत ५७ वर्षदेखि जापानको होन्डा मोटर कम्पनीको नेपालका लागि आधिकारिक वितरक हो । स्याकार ट्रेडिङ कम्पनी प्रालिले यो सफलतालाई नेपाली भूगोल, साहसिकता र होन्डाको विश्वस्त इन्जिनियरिङको सम्मिश्रणका रूपमा लिएको छ । कम्पनीले भविष्यमा पनि नेपाली सडक, मौसम र यात्राको आवश्यकताअनुसार उच्च गुणस्तरीय सवारी साधन निरन्तररूपमा उपलब्ध गराउँदै जाने प्रतिबद्धता समेत जनाएको छ ।