काठमाडौ । यामाहा नेपालले ‘ब्लु राइज–बि राइज एज वान’ भन्ने मूल नाराका साथ हालै आफ्नो वार्षिक डिलर मिट सम्पन्न गरेको छ । दुई दिने डिलर मिटमा नेपालभरिबाट आएका ९० भन्दा बढी डिलरहरू, यामाहा टिमका सदस्यहरू र विशिष्ट अतिथिहरूले सहभागिता जनाएका थिए ।
कार्यक्रममा सहभागीहरूलाई बदलिँदो बजारमा कसरी उत्कृष्ट प्रदर्शन गर्न सकिन्छ भन्ने व्यावहारिक रणनीतिहरू प्रस्तुत गर्नुका साथै विशेषतः डिलरसिप व्यवस्थापनको पक्षलाई प्राथमिकताका साथ समेटेको थियो । यस्तै, यामाहा ब्रान्डको सामूहिक शक्ति र एकता झल्काउने कुराहरू मुख्य हाइलाइटका रूपमा देखाइएको थियो । एमएडब्लु राइड्सका सीईओ तथा कार्यकारी निर्देशक दीपक कुमार अग्रवालले कम्पनीका सबै विभागहरूले निर्धारित वार्षिक लक्ष्य पूरा गरेको बताए ।
साथै, कार्यक्रममा विभिन्न विभागले आर्थिक वर्ष २०८१/८२ को समग्र गतिविधि र उपलब्धिहरूको समीक्षा एवं आगामी वर्षको रणनीतिक योजना समेटेर आ–आफ्ना प्रस्तुतिहरू दिएका थिए । सोही अवसरमा एमटी १५ भी२ को आइस स्टोर्म र एफजेड एस भी३ को आइस फ्लुओ भर्मीलिओन नामक दुई नयाँ र आकर्षक कलर भेरियन्टहरूको पनि अनावरण गरिएको थियो । यस्तै, कम्पनीले एमएडब्लु सोलिडारिटी फन्डअन्तर्गत फन्ड समिति सदस्य तथा चितवनका डिलर प्रतिनिधि केजीएस ट्रेडिङ कन्सर्न, महेन्द्रनगरलाई एक सोलिडारिटी चेक प्रदान गरिएको थियो ।
यसैगरी, कार्यक्रममा ए०, ए१, ए२ र ए३ श्रेणीका उत्कृष्ट डिलरहरूलाई सम्मान गरिएको थियो । साथै,‘ड्रिम टार्गेट’ प्राप्त गर्नेहरू र विशिष्ट प्रदर्शन गर्ने सहभागीहरूलाई पनि विशेष पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रममा यामाहा मोटर इन्डिया ग्रुपका चेयरम्यान इतारु ओटानी, वाईएमआईएसका उपाध्यक्ष महेन्द्र प्रताप र डीजीएम विपिन सिंहलगायतको उपस्थिति रहेको थियो ।