विराटनगर,नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान जेनेरेसन (Gen Z) लाई पार्टीसँग समेट्न नसके कांग्रेसको भविष्य नै संकटमा पर्ने चेतावनी दिएका छन्।विराटनगर महानगरपालिका–४ द्वारा आयोजित क्रियाशील ज्येष्ठ नागरिक सम्मान कार्यक्रममा बोल्दै उनले युवालाई कांग्रेसप्रति आकर्षित गर्न नसके लोकतन्त्र कमजोर हुने स्पष्ट पारे। "बलियो कांग्रेसले मात्र लोकतन्त्रको रक्षा गर्न सक्छ," उनले भने, "लोकतन्त्र विनाको नेपाल अब सम्भव छैन। त्यसैले युवालाई राजनीतिप्रति आकर्षित गर्नु अहिलेको मुख्य चुनौती हो।"राजनीतिप्रति बढ्दो वितृष्णा उल्लेख गर्दै नेता कोइरालाले यो सोच परिवर्तन गरेर युवामा राजनीतिक चेतना जागृत गराउनुपर्ने आवश्यकता औंल्याए।उनका अनुसार, देशको विकास र लोकतन्त्रको स्थायित्वमा कांग्रेसको ऐतिहासिक भूमिका रहेको छ र त्यसलाई युवा पुस्तासमक्ष प्रभावकारी ढंगले प्रस्तुत गर्न आवश्यक छ।