काठमाडौ,अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीहरुलाई लक्षित गरेर ‘आउट स्टडी अब्रोड प्रोग्राम्स’ले नयाँ शाखा सञ्चालनमा ल्याएको छ । अस्ट्रेलिया, बेलायत, नेदरल्यान्ड, डेनमार्क र युरोपका विभिन्न मुलुकहरुमा अध्ययनका लागि जाने विद्यार्थीहरुका लागि विगत २० वर्षदेखि सेवारत ‘आउट स्टडी अब्रोड’ले आफ्नो नयाँ शाखा नयाँ बानेश्वरमा खोलेको हो ।
मुख्य केन्द्रीय कार्यालय पुतलीसडक सञ्चालित कन्सल्टेन्सीले मुम्बईबाट समेत विद्यार्थीहरुलाई सेवा दिइरहेको प्रबन्ध निर्देशक निशा श्रेष्ठले जानकारी दिइन् । श्रेष्ठले भनिन् ‘आउट स्टडी एब्रोड’ले नेपाल र भारतको मुम्बईबाट काम गरिरहेको छ । अब नयाँ बानेश्वरबाट पनि हामी सेवा दिन्छौँ । यो अवसरमा विशेष प्याकेज र सुविधाको घोषणा पनि गरिएको छ ।’ नयाँ शाखा विस्तारसँगै यस क्षेत्रमा लामो समय काम गरेको अनुभवी संस्था भएकाले विद्यार्थीहरुले ढुक्क भएर सेवा लिन सक्ने श्रेष्ठको भनाइ छ ।