काठमाडौं । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सीएनआईवाईईएफ) को अध्यक्षमा मनीष श्रेष्ठ चयन भएका छन् । शुक्रबार पोखरामा सम्पन्न मञ्चको वार्षिक साधारणसभाले सन् २०२५–२०२६ का लागि श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो ।
श्रेष्ठको कार्यसमितिमा सुगम घिमिरे (लर्निङ चेयर), पुनित अग्रवाल (मेम्बर इन्टिग्रेसन चेयर), निदा दुन मल्ल (ग्रोथ एन्ड एक्सपान्सन चेयर), यस अग्रवाल (फाइनान्स चेयर), अंकुर अग्रवाल (इन्टरनेसनल रिलेसन्स चेयर), चिराग सरावागी (स्टार्टअप चेयर), साइनी खेतान (नेटवर्क एन्ड कम्युनिकेसन चेयर) र सुजित रेग्मी (स्टार्टअप को–चेयर) चयन भएका छन् ।
यस्तै, कार्यक्रममा विभिन्न विधाका अवार्डहरु समेत वितरण गरिएको थियो । सबैभन्दा सक्रिय सदस्यको अवार्ड सुदयकान्त झाले प्राप्त गरेका थिए । यसैगरी, सबैभन्दा बढी सदस्यता बढाउने सीएनआईवाईफ लुम्बिनीलाई अवार्ड प्रदान गरिएको थियो भने मञ्चबाट सार्क ट्याक नेपालमा सहभागी हुने मनीष श्रेष्ठ, सुजित रेग्मी र अरुण अग्रवाललाई टोकन अफ लभ प्रदान गरिएको मञ्चले जनाएको छ । यसैगरी, मञ्चका निवर्तमान अध्यक्ष आशीष अग्रवालले नवनिर्वाचित अध्यक्ष श्रेष्ठलाई सपथ ग्रहण गराउँँदै पदभार हस्तान्तरण गरेका थिए ।