काठमाडौं,इनड्राइभले प्लेटिनम ड्राइभर गिभअवे क्याम्पेनका ग्रान्ड प्राइज विजेताहरूलाई पुरस्कार हस्तान्तरण गरेको छ । कम्पनीले काठमाडौंमा एक विशेष कार्यक्रमको आयोजना गरी आफ्नो प्लेटिनम ड्राइभर गिभअवे क्याम्पेनका विजेताहरूलाई पुरस्कार हस्तान्तरण गरेको हो । सो क्याम्पेनमा शुभराज सुनुवारले टाटा एक्सप्रेस टी ईभी र जित थापाले टीभीएस राइडर मोटरबाइक जितेका छन् । जुन २३ देखि जुलाई १३ सम्म चलेको यो अभियानमा ड्राइभर पार्टनर्सबाट उत्साहजनक प्रतिक्रिया र सहभागिता रहेको थियो ।
क्याम्पेन साप्ताहिक च्यालेन्ज, रोमाञ्चक पुरस्कारहरू र दुई मेगा ग्रान्ड पुरस्कारमार्फत इनड्राइभका सबैभन्दा प्रतिबद्ध ड्राइभर पार्टनर्सलाई पहिचान गर्न र पुरस्कृत गर्न डिजाइन गरिएको थियो । दुवै विजेताहरूलाई तीनवटै च्यालेन्ज विक्समा निरन्तर प्लेटिनम स्थिति कायम राख्ने र भव्य पुरस्कारहरूका लागि योग्य हुन सबै योग्यता मापदण्डहरू पूरा गर्ने चालकहरूको समूहबाट छनोट गरिएको थियो । यो घोषणा जुलाई २० मा इनड्राइभ नेपालको आधिकारिक टिकटक च्यानलमार्फत प्रत्यक्ष प्रसारणमा गरिएको थियो ।यस्तै, क्याम्पेनले थप ड्राइभर पार्टनर्सलाई साप्ताहिक पुरस्कार पनि वितरण गरेको थियो । सोअन्तर्गत १५ जनाले वानप्लस नर्ड सीई फो लाइट फाइभजी, ३० जनाले अल्टिमा एटोम एक सय ९२ एयरवड र ३० जनाले अल्टिमा नोभा प्रो स्मार्टवाच जितेका छन् ।