काठमाडौं,‘एनएमबी सरल बचत फन्ड–ई’को आर्थिक वर्ष २०८१÷८२को लाभांश घोषणा भएको छ । एनएमाबी म्युचुअल फण्डअन्तर्गत एनएमबी क्यापिटल योजना व्यवस्थापक तथा एनएमबी बैंक कोष प्रवद्र्धक रही सञ्चालनमा रहेको एनएमबी सरल बचत फन्ड–ईका एकाइधनीहरूका लागि लाभांश घोषणा भएको हो ।
कम्पनीले योजनाका एकाइधनीहरूलाई ४.२७ प्रतिशत प्रतिफल (नगद लाभांश)करसहित वितरण गर्ने निर्णय गरेको छ । क्यापिटलका अनुसार साउन १५ गतेसम्म एकाइधनी दर्ता किताबमा कायम एकाइधनीहरू मात्रै उक्त प्रतिफलका लागि योग्य हुनेछन् । साउन १६ गतेबाट लाभांश समायोजित खुद सम्पत्ति मूल्यको आधारमा एकाइहरू खरिदबिक्री हुने समेत क्यापिटलले जनाएको छ ।