काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले देशभर रहेका शाखा प्रमुख तथा अनुगमन अधिृकतलाई तालिम प्रदान गरेको छ । नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजत प्राप्त राष्ट्रियस्तरको संस्थाले देशभर रहेको ९६ वटा शाखाका सम्पूर्ण शाखा प्रमुख तथा अनुगमन अधिकृतहरूलाई गुणस्तरीय सेवा र नाफाका विषयमा तालिम सम्पन्न गरेको हो ।
कार्यक्रम पोखरामा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत ज्ञानीश्वर पन्तको अध्यक्षतामा सम्पन्न भएको हो । वर्तमान परिवेशमा लघुवित्त क्षेत्रमा देखिएको चुनौतीहरूलाई सामना गर्दै सदस्य, गुणस्तरीय कर्जा वृद्धि र संस्थाको समग्र कार्यक्रमहरूको गुणस्तरलाई सुधार गरी संस्थाको लक्ष्य हासिलतर्फ लाग्न संस्थाका प्रमुख कार्यकारी अधिकृत पन्तले बताए । कार्यक्रममा वित्तीय संस्थाका अध्यक्ष विष्णुकुमार घिमिरको प्रमुख अतिथि र संस्थापक दिनेश अधिकारीको विशेष आतिथ्यमा सञ्चालन भएको थियो । कार्यक्रममा अतिथिद्वयले आजको विषम परिस्थितिमा कर्मचारीहरूले गरेको योगदानप्रति धन्यवाद प्रदान गर्दै आगामी दिनहरूमा थप हौसलाका साथ काम गर्नका लागि थप प्रेरणा प्रदान गरे ।
कार्यक्रममा वित्तीय संस्थाका विभागीय प्रमुखहरू प्रेमबहादुर थापा, कृष्ण प्रसाद खनाल, कुशल खनाल र रितु बानियाँको समेत उपस्थिति थियो भने मानव संशाधन विभागमा कार्यरत प्रकाश श्रेष्ठले कार्यक्रमको सहजीकरण गरेका थिए ।