काठमाडौ । दिपलको आधिकारिक विक्रेता एमएडब्लू वृद्धिले एसयूभी दिपल एस०७ को अपग्रेडेड भर्सन एस०७ आईसीसीलाई नेपालमा सार्वजनिक गरेको छ । दिपल एस०७ को यो नयाँ भेरियन्टले नेक्स्ट जेनेरेसन कनेक्टिभिटी, रिफ्रेस्ड डिजाइन र एड्भान्स्ड इन्टेलिजेन्ट फिचरमार्फत ईभीको अनुभवलाई नयाँ उचाइमा पु¥याउने अपेक्षा गरिएको छ ।
नेपालको सबैभन्दा सुन्दर ईभीका रुपमा आफूलाई स्थापित गर्न सफल दिपल एस०७ आईसीए भेरियन्ट नयाँ एक्साइटिङ कलर नेबुला ब्लुमा पनि उपलब्ध हुनेछ । यो नयाँ कारको एलोइ ह्विललाई पनि अझ आकर्षक बनाइएको छ । दिपल एस०७आईसीएमा ६८ दशमलव आठ किलोवाट आवरको एलएफपी ब्याट्री प्रयोग गरिएको छ, जसले चार सय १० किलोमिटरको डब्लुएलटीपी रेन्ज दिनेछ । नयाँ दिपल एस०७आईसीए एपग्रेड मात्र होइन, यो नेपालको हालसम्मकै सबैभन्दा बढी कनेक्टेड र सुन्दर ईभी हो,’ एमएडब्लू वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारियाले भने, ‘नेपालमा सार्वजनिक भएको डेढ वर्षमै अहिले नौ सय ५० वटा दिपल सडकमा गुडिरहेका छन् र यसले सेग्मेन्टको ६० प्रतिशत बजार हिस्सा ओगट्न सफल भएको छ । यो नयाँ ईभीको सार्वजनिकीकरणले एमएडब्लू नेपालको ईभी क्रान्तिलाई नेतृत्व दिन प्रतिबद्ध छ भन्ने दर्शाउँछ ।’
साथै, यसमा ४जी५जी हटस्पट, इन्टरनेट कनेक्टिभिटी, स्मार्ट एप कनेक्टिभिटी, एमेजन म्युजिक, स्पटिफाई र लाइभ नेभिगेसनको समेत सुविधा रहेको छ । दिपल एस०७आईसीएमा आफ्नो ट्रेन्ड सेटिङ सुन्दरता र अत्याधुनिक प्रविधिमार्फत इलेक्ट्रिक मोबिलिटीमा नयाँ मानक स्थापित गर्ने कम्पनीका दाबी छ । यसको टाइमलेस डिजाइन र १० भन्दा बढी अझै पनि अन्य ईभीमा नभएका इन्डस्ट्री फस्र्ट फिचरले दिपलको भिजनलाई दर्शाउँछ । यसमा ५३ इन्चको अग्मेन्टेड रियालिटी हेड अप डिस्प्ले, हाई पर्फर्मेन्स क्वालकम ८१५५ चिप, एल २.५ अटोनमस ड्राइभिङ असिस्ट्यान्स सिस्टम, १५ दशमलव छ इन्चको सनफ्लावर टचस्क्रिन, जेस्चर कन्ट्रोल, फ्रेमलेस डोर र फ्लस ह्यान्डल र एक दशमलव नौ स्क्वायर मिटरको पानोरामिक ग्लास रुफलले प्रिमियम क्याबिन एक्सपेरियन्स दिन्छ ।
‘जेरो ओनरसिप कस्ट फर फाइभ इयर’ अफर
दिपल एस०७र्आइसीएको लन्चकै अवसरमा एमएडब्लू वृद्धिले बेजोड स्किम ‘जेरो ओनरसिप कस्ट फर फाइभ इयर’ सार्वजनिक गरेको छ । यो स्किममा ग्राहकले दिपल ईभीमा पाँच वर्षसम्म कुनै खर्च गर्नुपर्ने छैन । दिपल एस०७ को ग्राहकले पाँच वर्षका लागि अटोप्लस इन्स्योरेन्स, पेरियोडिक मेन्टिनेन्स कस्ट, इलेक्ट्रिसिटी कस्ट र रोड ट्याक्स पाइनेछ । यो स्किममार्फत ग्राहकले नेपालकै नं १ लक्जरी ईभी दिपल एस०७ सहजैसँग खरिद गर्न सकिनेछ ।
नयाँ दिपल एस०७आईसीएले आफ्नो आइकनिक डिजाइन, इन्टेलिजेन्ट इनोभेसन र बेजोड ओनरसिप स्किममार्फत इलेक्ट्रिक एसयूभी सेग्मेन्टमा आफ्नो नं १ स्थानलाई निरन्तरता दिने अपेक्षा एमएडब्लू वृद्धिले गरेको छ ।