काठमाडौं । शेयर बजार परिसुचक नेप्से दोहोरो अंकले उकालो लागेको छ । अघिल्लो दिन ६३ दशमलव ७३ अंकले खुम्चिएको नेप्से परिसुचक साताको दोस्रो कारोबार दिन आज सोमबार भने १६ दशमलव ६५ अंक अर्थात शुन्य दशमलव ५८ प्रतिशतले उकालो लागेर २८ सय ७५ दशमलव ५५ बिन्दुमा चढेको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ८४ प्रतिशतले उकालो लागेर चार सय ९४ दशमलव ८७ बिन्दुमा चढेको छ ।
धितोपत्र बजारमा आज तीन सय २५ वटा कम्पनीहरुको एक लाख ४९ हजार दुई सय ७४ पटकको कारोबारमा दुई करोड ७१ लाख ६९ हजार सात सय ५५ कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल कारोबार रकम १० अर्ब ८२ करोड २४ लाख ४९ हजार चार सय दुई रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये सात वटा उपसमुहहरुको सुचक उकालो लागेर बाँकी उपसमुहरुको सुचक ओरालो लागेका छन् ।