काठमाडौं । नेपाल बैंक र अल्फा हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टरबीच सम्झौता भएको छ । बैंकमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकहरूलाई काठमाडौंको नयाँ बानेश्वरस्थित अल्फा हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टरले प्रदान गर्ने स्वास्थ्य सेवामा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने विषयमा उक्त सम्झौता भएको हो ।
सम्झौताबमोजिम नेपाल बैंकमा कार्यरत कर्मचारीहरूलाई र बैंकमा खाता रहेका ग्राहकहरूलाई प्याथोलोजी ल्यावको विविध सेवाको लागि निःशुल्क होम डेलिभरीको सुविधासहित) र औषधि खरिदमा लाग्ने शुल्कहरूमा बिल रकमको सात प्रतिशतदेखि २० प्रतिशतसम्म छुट हुने व्यवस्था गरिएको बैंकले जानकारी दिएको छ ।
बैंकका अनुसार सम्झौतापत्रमा सोमबार बैकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार अधिकारी र अल्फा हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टरको तर्फबाट ल्याव निर्देशक डा. आभाष कोइरालाले हस्ताक्षर गरेका हुन् । यसबाट नेपाल बैंकमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकहरू डायग्नोस्टिक सेन्टरको ल्याबबाट प्रदान गरिने सहुलियतपूर्ण स्वास्थ्यसेवाबाट लाभान्वित हुनसक्ने बैंकको भनाइ छ ।