काठमाडौं । सामसङ नेपालले ग्यालेक्सी जेड फोल्ड७ र जेड फ्लिप७ को प्रि–अर्डर घोषणा गरेको छ । कम्पनीले नयाँ यी फोल्डेबल स्मार्टफोनहरू साउन २२ गतेदेखि साउन २९ गतेसम्म प्रि–अर्डर गर्न मिल्ने जनाएको छ ।
ग्यालेक्सी जेड फोल्ड७ ले हालसम्मकै सबैभन्दा पातलो र हलुका फोल्ड सिरिजमा ग्यालेक्सी डिजाइन, क्यामेरा कार्यक्षमता र एआई प्रविधिलाई एकसाथ ल्याएको छ । यो डिभाइसले अल्ट्रा–स्मार्टफोनको रूपमा प्रिमियम प्रदर्शन प्रदान गर्छ भने खोल्नेबित्तिकै ठूलो र इमर्सिभ डिस्प्लेमार्फत कार्यक्षमता र उत्पादकत्वमा नयाँ स्तर प्रदान गरेको कम्पनीले जनाएको छ । यस्तै, ग्यालेक्सी जेड फ्लिप७ चाहिँ स्मार्ट एआई फिचरहरूसहित दैनिक प्रयोगका लागि बनाइएको खल्तीमै अट्ने कम्प्याक्ट सहायक हो । यो स्मार्टफोन सानो भए पनि शक्तिशाली अनुभव दिन सक्षम रहेको जनाइएको छ ।
यस्तै, ग्यालेक्सी जेड फ्लिप७ ले परिष्कृत डिजाइन ल्याएको छ, जसमा अब झनै ठूलो र उपयोगी कभर स्क्रिन छ । दुईवटा क्यामेराको वरिपरि रहेको यसको बेझेल मात्र १.२५ मिमि मोटाइको छ । फ्लिप७ को मुख्य क्यामेराले अहिले झनै राम्रो स्टेबलाइजेसन र रङको सटिकता दिन्छ भने थर्मल म्यानेजमेन्ट र सफ्टवेयर सुधारमार्फत ब्याट्री लाइफ पनि अझ लामो बनाइएको छ ।