काठमाडौ । सुदूरपश्चिम रोयल्सले दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपीएल) का लागि मार्भल टेक्नोप्लास्ट प्रालिलाई एक्सिलेन्स पार्टनर नियुक्त गरेको छ ।
कम्पनीले यस सिजनलाई सफल बनाउने र आगामी सिजनहरूमा पनि आपसी समझदारीका आधारमा साझेदारीलाई निरन्तरता दिने अपेक्षा राखेको बताएको छ । मार्भल टेक्नोप्लास्ट प्रालिका उपाध्यक्ष पवनकुमार सान्चेतीले नेपाल प्रिमियर लिगको सुदूरपश्चिम रोयल्ससँग सहकार्य गर्न पाउँदा उत्साहित भएको बताए ।
क्रिकेटले नेपालभर लाखौँ मानिसलाई जोड्ने र प्रेरित गर्ने काम गर्ने भएकाले नयाँ प्रतिभालाई साथ दिन र नेपालको खेलप्रेमी समुदायसँग अझ गहिरो सम्बन्ध स्थापित गर्न सुदूरपश्चिमसँग साझेदारी गरिएको उनले बताए ।