काठमाडौँ । म्याग्दी जिल्लाको गुर्जाखानी आसपास केन्द्रविन्दू भएर मंगलबार दिउँसो भूकम्प गएको छ । १ बजेर ३ मीनेट जाँदा म्याग्दीको गुर्जाखानी आसपास केन्द्रविन्दू भएर ४ दशमलव ५ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जानकारी दिएको छ ।

नेपाल हिमालय क्षेत्र भएको कारणले भूकम्पको जोखिमको क्षेत्रका रुपमा लिने गरिन्छ । नेपालमा पछिल्लो समय भूकम्प जाने क्रम जारी रहेको छ ।