काठमाडौ । बजाज अटो लिमिटेडले नेपालमा अत्याधुनिक विद्युतीय स्कुटर चेतक ३५०१ नेपालमा सार्वजनिक गरेको छ । कम्पनीले यो स्कुटरलाई भारतबाहिर विस्तार गर्ने क्रममा नेपाललाई पहिलो रोजाइ बनाएको हो ।
कम्पनीका अनुसार ३.५ केडब्लूएच ब्याट्री क्षमतासहितको चेतक ३५०१ ले एकपटक चार्ज गर्दा एक सय ५३ किमिको रेञ्ज प्रदान गर्छ । साथै, यसमा भएको फास्ट चार्जिङ प्रविधिले प्रयोगकर्तालाई थप सहजता प्रदान गर्ने जनाएको छ । कम्पनीका अनुसार यो स्कुटर तीन घण्टामा ८० प्रतिशत चार्ज हुन्छ । पूर्ण मेटल बडी र आईपी ६७ वाटर–रेसिस्टेन्ससहित, चेतक ३५०१ ले नेपालको विविध मौसममा पनि भरपर्दो प्रदर्शन गर्ने जनाइएको छ । यसको नयाँ फ्लोरबोर्ड ब्याट्री डिजाइनका कारण ३५ लिटरको अन्डर–सिट स्टोरेजले स्पेस र कम्फर्ट दुवै बढाउँछ । चेतक ३५०१ अब काठमाडौंको आधिकारिक डिलरसिपमा बुकिङको लागि उपलब्ध रहेको जनाइएको छ । यसको एक्स–सोरूम मूल्य तीन लाख २४ हजार नौ सय रुपैयाँ तोकिएको छ ।