काठमाडौ । लिट्मस इन्डस्ट्रिज लिमिटेडले आफ्नो तेस्रो ‘पावर पार्टनर्स मिट २०८२’ काठमाडौंमा आयोजना गरेको छ । कार्यक्रममा देशभरबाट करिब दुई सय जना डिलर, वितरक तथा च्यानल पार्टनरहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा कम्पनीको प्रस्तुति, डिलरहरूसँगको प्यानल छलफल तथा उपलब्धिमूलक नेटवर्किङ सेसनको आयोजना गरिएको कम्पनीले जनाएको छ । लिट्मसले आफ्नो पाँच दशक लामो यात्रा, वर्तमान बजार उपस्थिति, प्रमुख उपलब्धिहरू र भावी योजनाहरू प्रस्तुत गर्दै गुणस्तर, अत्याधुनिक प्रविधि र नवप्रवर्तनप्रतिको आफ्नो प्रतिबद्धता व्यक्त गरेको थियो ।
उत्कृष्ट योगदानको कदरस्वरूप कम्पनीले राइजिङ स्टार, पेमेन्ट एक्सिलेन्स, लिट्मस एक्सिलेन्स अवार्डसहित १० विधामा देशभरका उत्कृष्ट डिलरहरूलाई सम्मानित गरेको थियो । साथै, कम्पनीले ‘श्रावण उत्सव’ अभियानको घोषणा गरेको छ । सो अभियानमार्फत डिलरहरूलाई दुबई र थाइल्यान्ड भ्रमण तथा चाँदीको सिक्का जित्ने अवसर प्रदान गर्ने कम्पनीले जानकारी दिएको छ ।