काठमाडौं । जनकपुरस्थित न्यु राम जानकी ब्याट्री सेन्टर अमट्रेड प्रालि नवनिर्मित ‘अमट्रेड कनेक्ट’ एप्लिकेसनमार्फत पुरस्कार रिडिम गर्ने पहिलो च्यानल पार्टनर बन्न सफल भएको छ । यसरी एपमार्फत रिडिम गरिएको पहिलो पुरस्कारको रूपमा सेन्टरले एक स्मार्टफोन प्राप्त गरेको छ ।
अमट्रेड कनेक्ट एप्लिकेसन सन् २०८२ सालको वैशाखमा आधिकारिकरूपमा सार्वजनिक गरिएको थियो । अमट्रेडले यो एप आफ्ना च्यानल पार्टनरहरूसँगको व्यापारिक सम्बन्धलाई मजबुत बनाउन, उनीहरूको समर्पणलाई सह्राना गर्न र डिजिटल माध्यमबाट एकअर्कासँग जोड्ने उद्देश्यले सुरु गरेको हो । न्यु राम जानकी ब्याट्री सेन्टरका सञ्चालक पंकज कुमार साहले यो मोबाइल फोन पुरस्कार सफलतापूर्वक रिडिम गरेका थिए । अमट्रेडका वरिष्ठ सेल्स अधिकारी हरिसुन्दर दुबेदीले एक विशेष कार्यक्रमको अवसरमा उक्त पुरस्कार सञ्चालक साहलाई हस्तान्तरण गरेका थिए ।