काठमाडौं । शेयर बजारमा झिनो अंकले गिरावट आएको छ । अघिल्लो दिन ४१ दशमलव ७८ अंकले ओरालो लागेको नेप्से परिसुचक साताको चौंथो कारोबार दिन आज बुधबार पनि एक दशमलव ९४ अंकले ओरालो लागेर २८ सय ३२ दशमलव छ बिन्दुमा खुम्चिएको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि यसदिन शुन्य दशमलव ८९ अंकले ओरालो लागेर चार सय ८७ दशमलव ५५ बिन्दुमा खुम्चिएको छ ।
धितोपत्र बजारमा आज तीन सय २० वटा कम्पनीहरुको ९३ हजार एक सय ८५ पटककको कारोबारमा दुई करोड १६ लाख ५७ हजार सात सय छ कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल कारोबार रकम सात अर्ब ६३ करोड १३ लाख ७५ हजार नौं सय ५२ रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएकोमा पाँच वटा उपसमुहहरुको सुचक उकालो लागेपनि बाँकी उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।