काठमाडौं । प्रोटोनको नेपालको लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले नाइमा मोबिलिटी एक्स्पो २०२५ मा नयाँ प्रविधियुक्त प्रोटोन इमास ७ मा विशेष अफरहरूको घोषणा गरेको छ । कम्पनीले एक्स्पोमा जगदम्बा फाइनान्सिङमार्फत चार वर्षका लागि शून्य प्रतिशत ब्याजदरमा ६० मिनेटभित्र ऋण स्वीकृत गर्ने जनाएको छ ।
यस्तै, ब्याट्रीमा आठ वर्षको अनलिमिटेड माइलेज वारन्टी, दुई दशमलव ९९ लाखको सिधा नगद छुट, एक्सचेन्जमा उत्कृष्ट मूल्याङ्कन, निःशुल्क अटो प्लस बीमा, इमास असिस्टेन्ट प्लसलगायतका अफरहरु उपलब्ध गराएको छ । साथै, कम्पनीले देशभर आफ्नो सेवा सञ्जाल विस्तार गर्ने योजना पनि सार्वजनिक गरेको छ । कम्पनीले सन् २०२५ सकिँदासम्म देशभर १२ वटा सोरूम र सेवा केन्द्र सञ्चालनमा ल्याउने योजना सार्वजनिक गरेको हो । हाल तीन सोरुमबाट प्रोटोनका गाडीहरु उपलब्ध गराइएको कम्पनीले जनाएको छ । एक्स्पोको स्टल एल ५–हल बीमा पुगेर प्रोटोन इमास ७ को प्रत्यक्षरूपमा अनुभव गर्न सकिने जनाइएको छ ।