काठमाडौं । महिन्द्रा एन्ड महिन्द्रा लिमिटेडले नेपाली बजारका लागि आफ्नो अत्याधुनिक इलेक्ट्रिक ओरिजिन एसयूभीहरू सार्वजनिक गरेको छ ।
कम्पनीले नाइमा नेपाल मोबिलिटी एक्स्पोको अवसरमा बीई–सिक्स र एक्सईभी–नाइन–ई सार्वजनिक गरेको हो । यी गाडीहरू महिन्द्राको अत्याधुनिक इङ्ग्ला प्लेटफर्ममा आधारित छन् भने संसारकै सबैभन्दा इन्टेलिजेन्ट अटोमोटिभ आर्किटेक्चर मायाबाट सञ्चालित छन् । यी अत्याधुनिक ई–एसयूभीहरूको सार्वजनिकीकरणले नेपाली विद्युतीय सवारीको क्षेत्रमा नयाँ युगको सुरुवात गरेको कम्पनीले जनाएको छ । कम्पनीले यसको सुरुवाती मूल्य ५७ लाख रुपैयाँ तोकेको जनाएको छ ।
महिन्द्राले यी सबै भेरियन्टहरूको बुकिङ खुला गरिसकेको छ । नेपालमा यसको बिक्री तथा वितरण अग्नि ग्रुपमार्फत हुने जनाइएको छ । यी दुवै एसयूभीले दमदार परफर्मेन्स प्रदान गर्ने कम्पनीको दाबी छ । साथै, एसयूभीको इन्टेरियर पनि विभिन्न आकर्षक सुविधाहरूले भरिपूर्ण रहेको छ, जसले छुट्टै ‘इन–क्याबिन’ अनुभव प्रदान गर्दछ । यी दुवै ई–एसयूभीहरू स्मार्ट प्रविधि र विशेषताहरूले भरिएको कम्पनीले जनाएको छ ।