काठमाडौं । शेयर बजारमा हरियाली देखिएको छ । अघिल्लो दिन एक दशमलव ९४ अंकले ओरालो लागेको शेयर बजार परिसुचक नेप्से साताको अन्तिम कारोबार दिन आज बिहिबार भने १८ दशमलव ३० अंकले उकालो लागेर २८ सय ५० दशमलव ३७ बिन्दुमा चढेको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ६१ अंकले उकालो लागेर चार सय ९० दशमलव १६ बिन्दुमा चढेको छ । आज तीन सय १८ वटा कम्पनीहरुको ९५ हजार आठ सय ३९ पटकको कारोबारमा दुई करोड ५४ लाख तीन हजार पाँच सय ४० कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल कारोबार रकम आठ अर्ब ५३ करोड ७५ लाख ८१ हजार दुई सय ५४ रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएकोमा सबै उपसमुहहरुको सुचक उकालो लागेर शेयर बजार पुरै हरियो भएको छ ।