काठमाडौं । सानिमा बैंक र पाटन अस्पतालबीच सम्झौता भएको छ । बैंकका अनुसार विपन्न महिलाहरूको उपचारका लागि आर्थिक सहयोग गर्ने विषयमा उक्त सम्झौता भएको हो ।
सम्झौताअनुसार आगामी एक वर्षका लागि सानिमा बैंकले न्यून आर्थिक अवस्था भएका महिलाहरूको उपचारका लागि उक्त अस्पताललाई आर्थिक सहयोग उपलब्ध गराउनेछ । बैंकले २०७४ सालदेखि विपन्न महिलाहरूको उपचारका लागि उक्त अस्पतालमार्फत आर्थिक सहयोग गर्दै आइरहेको छ । सानिमा बैंकले प्रत्येक ‘नारी बचत खाता’ खोलेबापत बैंकको तर्फबाट मासिक एक रुपैयाँको दरले नारी राहत कोषमा रकम जम्मा गर्दैै आएकोे छ ।
सो कोषमा जम्मा भएको रकम देशभरका विभिन्न अस्पतालमार्फत विपन्न नारीहरूको द्दछ । पाटन अस्पतालको परिसरमा आयोजित एक कार्यक्रममा पाटन अस्पतालका निर्देशक डा. रवि शाक्य र सानिमा बैंकका प्रमुख निक्षेप अधिकृत हेमराज संज्यालले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । बैंकको देशका सातै प्रदेशमा एक सय ३४ वटा शाखा कार्यालय र एक सय २७ वटा एटीएम काउन्टहरू सञ्चालनमा रहेका छन् ।