काठमाडौं । स्मार्टफोन ब्रान्ड भिभोले नेपालको सबैभन्दा ठूलो ई–कमर्स प्लेटफर्म दराजसँग सहकार्य गर्दै दराज ८.८ सेल्स क्याम्पेन ल्याएको छ । यो क्याम्पेन शुक्रबारदेखि सुरु हुने र साउन २९ गतेसम्म सञ्चालन हुनेछ, जसअन्तर्गत ग्राहकहरूले बम्पर छुट, एक्सक्लुसिभ डिल्स र रोमाञ्चक फ्ल्यास सेल्सको भरपूर फाइदा लिन सक्नेछन् ।
भर्खरै सम्पन्न महाबचत बजार अभियानमा भिभोले पहिलो सातामै सयौँ युनिट बिक्री गर्दै नेपाली बजारमा आफ्नो मजबुत उपस्थिति देखाएको थियो । भिभोले दराजसँग सहकार्य गर्दै ८.८ क्याम्पेनमार्फत स्मार्टफोन प्रेमीहरूका लागि उत्कृष्ट डिल्स र अफरहरू प्रस्तुत गरेको छ ।
जहाँ ग्राहकहरूले प्रत्येक फ्ल्यागसिप भिभो एक्स२०० प्रोको खरिदमा चार हजार रुपैयाँ बराबरको भिभो बड्स उपहारस्वरुप निःशुल्क प्राप्त गर्नेछन् । शुक्रबार राति १२ बजे हुने विशेष फ्ल्यास सेलमा भिभो वाई१९एस प्रो मात्र आठ हजार आठ सय ८८ रुपैयाँको विशेष मूल्यमा सीमित समयका लागि उपलब्ध हुने कम्पनीले जनाएको छ । साथै, ग्राहकहरूले दराजमा सिधै डिस्काउन्ट भौचरहरू रिडिम गरेर पनि थप बचत गर्न सक्नेछन् ।