काठमाडौं । बजाज अटो लिमिटेडले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा बजाज चेतक ईभीको प्रदर्शन गरेको छ । यो प्रदर्शनी साउन २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार एक्स्पोमा बजाजको विशेष चेतक ईभी स्टलमा आगन्तुकहरूले चेतक ३५०१ विद्युतीय स्कुटरसँग प्रत्यक्ष अन्तरक्रिया गर्ने अवसर पाउनेछन्, यसबाट उनीहरू यसको डिजाइन, निर्माण र कार्यक्षमतामा फस्र्ट ह्यान्डको अनुभव प्राप्त गर्नेछन् । प्रदर्शनीमा चार्जिङ क्षमताहरू, स्मार्ट टिएफटी डिस्प्ले र उन्नत सुरक्षा कार्यक्षमताहरूजस्ता प्रमुख सुविधाहरूको जानकारी गराइने कम्पनीले जनाएको छ । सहभागीहरूले टेस्ट राइडहरूको लागि दर्ता गर्ने र स्थलमै बुकिङ गर्ने अवसर पनि पाउनेछन् ।