काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासिक अवधिमा एक अर्ब २९ करोड ३३ लाख २१ हजार तीन सय ९० रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवको सोही अवधिमा भने बैंकको यस्तो नाफा एक अर्ब ३२ करोड सात लाख २१ हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी १४ अर्ब ७६ करोड ९० लाख १२ हजार नौ सय ६६ रुपैयाँ रहेको बैंकले गत आवको चौथो त्रैमासमा दुई खर्ब ११ अर्ब ५० करोड सात लाख ९३ हजार तीन सय आठ रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ६८ अर्ब ९५ करोड ६८ लाख १८ हजार आठ सय ९७ रुपैयाँ कर्जा प्रवाह गरेको छ । यस अवधिमा छ अर्ब ३६ करोड ४९ लाख ७३ हजार एक सय तीन रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा चार दशमलव ९४ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
अघिल्लो आवमा भने बैंकले एक खर्ब ८९ अर्ब २३ करोड ६६ लाख ६८ हजार चार सय ३५ रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ५३ अर्ब ३४ करोड ३६ लाख ५० हजार एक सय ६० रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा पाँच अर्ब ७२ करोड ३८ लाख १९ हजार नौ रुपैयाँ रहेको बैंकमा चार दशमलव १० प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।