काठमाडौं । मोर्बिडेली नेपालले टी३५२ एक्स र टी२५२ एक्स सार्वजानिक सार्वजनिक गरेको छ । कम्पनीले नाइमा नेपाल मोबिलिटी एक्स्पोको अवसर आफ्ना दुई नयाँ साहसिक मोटरसाइकलहरू सार्वजानिक गर्दै नेपाली बजारमा ठूलो प्रवेश गरेको घोषणा गरेको हो ।
इटालियन डिजाइन र अत्याधुनिक प्रविधिमा आधारित यी मोटरसाइकलहरू नेपालका भू–भाग र सडक अवस्थालाई ध्यानमा राखेर निर्माण गरिएका छन् । मोर्बिडेली टी३५.२ एक्स मोटरसाइकलको मुख्य विशेषताहरु ३४९.२ सीसी ट्विन–सिलिन्डर, ८–भल्भ इन्जिन, ४०.९ एचपी, ३१.५ एनएम टर्क, ६–स्पीड गियरबक्स, बोस डुअल च्यानल एबीएस, स्लिपर क्लच, १८ लिटर इन्धन ट्या्ङी लगायत छन् । नेपालमा यसको मूल्य नौ लाख ९७ हजार रुपैयाँ तोकिएको छ ।
यस्तै, मोर्बिडेली टी२५२ एक्स विशेषगरी प्रारम्भिक र युवा राइडरहरूको लागि डिजाइन गरिएको छ । यसका मुख्यमुख्य विशेषताहरू २४९ सीसी ट्विन–सिलिन्डर, लिक्विड–कूल्ड इन्जिन, २१.५ एनएम टर्क, ६–स्पीड गियरबक्स, डुअल च्यानल एबीएस, स्लिपर क्लच, यूएसडी फ्रन्ट फोर्क, १७ इन्च एलोय ह्विललगायत रहेका छन् । मोर्बिडेली नेपालले बिक्री पछिको सेवालाई उच्च प्राथमिकतामा राख्दै देशभर स्पेयर पाट्र्सको सहज उपलब्धता र सेवा केन्द्रहरूको सञ्जाल विस्तार गर्ने प्रतिबद्धता जनाएको छ ।