वासिङटन । भेनेजुएलेली राष्ट्रपति निकोलस मदुरोलाई पक्रिन सूचना दिनेलाई संयुक्त राज्य अमेरिकाले भारी रकम पुरस्कार दिने भएको छ । विश्वकै ठूला लागूऔषध कारोबारीमध्ये एक रहेको आरोप लगाउँदै अमेरिकाले उनलाई पक्रिनका लागि सूचना दिने व्यक्तिलाई पाँच करोड अमेरिकी डलर पुरस्कार दिने घोषणा गरेको बीबीसीले उल्लेख गरेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प लामो समयदेखि मदुरोको आलोचक छन्। गत जनवरीमा धाँधलीपूर्ण चुनाव जितेपछि मदुरो राष्ट्रपतिमा निर्वाचित भएका थिए। उक्त चुनावलाई अन्तर्राष्ट्रिय समुदायले व्यापक मात्रामा अस्वीकार गरेका थिए । अमेरिकी महान्यायाधिवक्ता पाम बोन्डीले मदुरो पक्रिन सहयोगी सूचना दिनेलाई पुरस्कार राशि दोब्बरले बढाएको बताइन्। यसअघि साढे २ करोड डलर राखिएको थियो। यसलाई भेनेजुएलाका विदेशमन्त्री यवन गिलले भने राजनीतिक अफवाह भनेका छन् ।