काठमाडौं । १४ वटा जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन गत आर्थिक वर्षमा झण्डै दुई खर्ब पुगेको छ । गत असार मसान्तसम्म कम्पनीहरुले एक करोड ४१ लाख दुई हजार चार सय ८९ बीमालेख बिक्री गर्दा कुल एक खर्ब ८१ अर्ब ४२ करोड ९९ लाख १८ हजार रुपैयाँ बीमाशुल्क आर्जन भएको हो ।
नेपाल बीमा प्राधिकरणका अनुसार गत आर्थिक वर्षको असार मसान्तसम्ममा राष्ट्रिय बीमा कम्पनी, नेसनल लाइफ इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्स, लाइफ इन्स्योरेन्स कर्पोरेसन, मेटलाइफ, एसियन लाइफ, आईएमई लाइफ, सन नेपाल लाइफ, रिलायबल नेपाल लाइफ, सिटिजन लाइफ, सूर्यज्योति लाइफ, सानिमा रिलायन्स लाइफ, हिमालयन लाइफ र प्रभु महालक्ष्मी लाइफले उक्त बीमाशुल्क आर्जन गरेका हुन् ।
यीमध्ये राष्ट्रिय बीमा कम्पनीमा सक्रिय जीवन बीमालेखको संख्या पाँच लाख ६१ हजार नौ सय तीन पुगेको छ । कम्पनीले यसबाट कुल नौ अर्ब ८५ करोड ६६ लाख १६ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । त्यसैगरी, नेसनल लाइफ इन्स्योरेन्स कम्पनीमा पनि सक्रिय जीवन बीमालेखको संख्या १५ लाख १९ हजार सात सय ४५ पुगेको छ । यसबाट कम्पनीले कुल २२ अर्ब ४२ करोड ४४ लाख ९७ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।
यता, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा पनि गत आवको असार मसान्तसम्ममा सक्रिय जीवन बीमालेखको संख्या २२ लाख ८७ हजार नौ सय २१ पुगेको छ । नेपाल लाइफले यसबाट कुल बीमाशुल्क रकम ४८ अर्ब तीन करोड ८० लाख ४४ हजार रुपैयाँ आर्जन गरेको छ ।
प्राधिकरणको तथ्याङ्कअनुसार लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेडले सक्रिय जीवन बीमालेख छ लाख ९१ हजार आठ सय ७१ बिक्री गरी १९ अर्ब २२ करोड ५५ लाख ८७ हजार रुपैयाँ आर्जन गरेको छ । त्यसैगरी, गत आवको असार मसान्तसम्ममा मेटलाइफ इन्स्योरेन्स कम्पनीले छ लाख ९८ हजार दुई सय ३३ सक्रिय जीवन बीमालेखबाट छ अर्ब २५ करोड ८३ लाख ८६ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।
त्यस्तै, एसियन लाइफ इन्स्योरेन्स कम्पनीमा भने पछिल्लो अवधिमा नौ लाख २४ हजार चार सय आठ वटा सक्रिय जीवन बीमालेख रहेकोमा कुल बीमाशुल्क आर्जन रकम १० अर्ब २४ करोड ८४ लाख ८६ हजार रुपैयाँ रहेको छ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीमा पनि पछिल्लो अवधिमा सात लाख ३५ हजार दुई सय ८१ वटा सक्रिय जीवन बीमालेख रहेकोमा कुल बीमाशुल्क आर्जन रकम पाँच अर्ब ६५ करोड २७ लाख ३६ हजार रुपैयाँ रहेको छ ।
सोबाहेक सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा सो अवधिमा १० लाख ३५ हजार तीन सय २० वटा सक्रिय जीवन बीमालेख रहेकोमा कुल बीमाशुल्क आर्जन रकम पाँच अर्ब ४५ लाख ४९ हजार रुपैयाँ पुगेको छ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा पछिल्लो अवधिमा २४ लाख ९४ हजार आठ सय १९ वटा जीवन बीमालेख सक्रिय रहेकोमा कुल बीमाशुल्क आर्जन रकम पाँच अर्ब २८ करोड ९४ लाख ९९ हजार रुपैयाँ रहेको छ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीमा भने पछिल्लो अवधिमा नौ लाख ६९ हजार सात सय ७० वटा बीमालेख सक्रिय रहेकोमा कुल बीमाशुल्क आर्जन रकम सात अर्ब ५१ करोड १३ लाख १९ हजार रुपैयाँ पुगेको छ । यसैगरी सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीमा पनि पछिल्लो अवधिसम्ममा सात लाख ९२ हजार दुई सय ५२ वटा बीमालेख सक्रिय रहेकोमा कुल बीमाशुल्क आर्जन रकम ११ अर्ब १८ करोड ७३ लाख ५१ हजार रुपैयाँ पुगेको छ ।
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीमा पनि गत आवको असार मसान्तसम्ममा छ लाख ६४ हजार सात सय १५ वटा बीमालेख सक्रिय रहेकोमा कुल बीमाशुल्क आर्जन रकम सात अर्ब ६९ लाख रुपैयाँ पुगेको छ । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीमा भने गत आवको असार मसान्तसम्ममा चार लाख २० हजार सात सय ४१ वटा बीमालेख सक्रिय रहेकोमा कुल बीमाशुल्क आर्जन रकम १७ अर्ब ६६ करोड सात लाख ९७ हजार रुपैयाँ रहेको छ ।
प्राधिकरणका अनुसार प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीमा भने पछिल्लो अवधिमा दुई लाख ७५ हजार पाँच सय १० वटा बीमालेख सक्रिय रहेकोमा कुल बीमाशुल्क आर्जन रकम पाँच अर्ब ३७ करोड एक लाख १९ हजार रुपैयाँ रहेको छ ।