काठमाडौं । ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको असार मसान्तसम्ममा २३ करोड ५८ लाख ७२ हजार छ रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवको सोही अवधिमा संस्थाको यस्तो नाफा १० करोड ६२ लाख ९४ हजार पाँच सय ९५ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी ६१ करोड ८९ लाख ४५ रुपैयाँ रहेको संंस्थाले गत आवको असार मसान्तसम्ममा तीन अर्ब ६१ करोड पाँच लाख ८८ हजार छ सय १२ रुपैयाँ निक्षेप संकलन गरी नौ अर्ब ८३ करोड ६३ लाख ३० हजार तीन सय ५४ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ७५ करोड ९७ लाख २६ हजार चार सय ८२ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा तीन दशमलव ६२ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
अघिल्लो आवको सोही अवधिमा भने संस्थाले तीन अर्ब सात करोड चार लाख ९० हजार आठ सय २५ रुपैयाँ निक्षेप संकलन गरी आठ अर्ब ५० करोड १९ लाख ५९ हजार नां सय ५९ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ६३ करोड १४ लाख ५३ हजार चार सय २३ रुपैैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा चार दशमलव शून्य सात प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।