काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमासिक अवधिमा पाँच करोड ३७ लाख २७ हजार एक सय ४६ रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवको सोही अवधिमा संस्थाको यस्तो नाफा सात करोड ४४ लाख २१ हजार नौ सय ३२ रुपैयाँले ऋणात्मक रहेको थियो ।
हाल चुक्ता पुँजी ४८ करोड ५७ लाख ६० हजार रुपैयाँ रहेको संस्थाले गत आवको असार मसान्तसम्ममा एक अर्ब ९१ करोड ८६ लाख ८६ हजार सात सय ६३ रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब ८३ करोड नौ लाख ७८ हजार ५८ रुपैैयाँ कर्जा प्रवाह गरेको छ । यस अवधिमा ४० करोड १० लाख ९६ हजार सात सय २४ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा १४ दशमलव १४ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।
अघिल्लो आवको सोही अवधिमा भने संस्थाले एक अर्ब ७५ करोड ६२ लाख १५ हजार एक सय ३२ रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब ७० करोड २९ लाख ६४ हजार एक सय ३० रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ३४ करोड ६१ लाख ३१ हजार तीन सय पाँच रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा नौ दशमलव ९८ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।