काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८१/०८२मा ११ करोड ४५ लाख २९ हजार नौ सय १० रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवमा भने संस्थाको यस्तो नाफा तीन करोड २१ लाख ८९ हजार दुई सय ९८ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी ३६ करोड ९९ लाख २३ हजार पाँच सय रुपैयाँ रहेको संस्थाले आव २०८१/०८२ मा एक अर्ब ८३ करोड दुई लाख १२ हजार आठ सय ९६ रुपैंयाँ निक्षेप संकलन गरी पाँच अर्ब २४ करोड ७९ लाख ४१ हजार दुई सय ५५ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ३६ करोड ७२ लाख ८७ हजार आठ सय पाँच रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा चार दशमलव ८० प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
अघिल्लो आवमा भने संस्थाले एक अर्ब ६४ करोड ५४ लाख ७३ हजार तीन सय ७३ रुपैयाँ निक्षेप संकलन गरी चार अर्ब ५८ करोड २४ लाख ४८ हजार सात सय ९१ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ३५ करोड ६७ लाख ९८ हजार तीन सय ४७ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा तीन दशमलव ९४ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।