काठमाडौं । निर्जीवन बीमा कम्पनीहरूले गत आर्थिक वर्ष २०८१/०८२ मा ४३ अर्ब ९८ करोड ८७ लाख ३३ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । १४ वटा निर्जीवन बीमा कम्पनीले २८ लाख ६४ हजार नौं सय ४५ वटा बीमालेखबाट उक्त बीमाशुल्क सङ्कलन गरेका हुन् ।
नेपाल इन्स्योरेन्स, दि ओरियन्टल इन्स्योरेन्स, राष्ट्रिय बीमा, नेसनल इन्स्योरेन्स, नेको इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, शिखर इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, हिमालयन एभरेष्ट इन्स्योरेन्स, सानिमा जीआईसी इन्स्योरेन्स, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, सगरमाथा लुम्बिनी इन्स्योरेन्स, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स र युनाईटेड अजोड इन्स्योेरेन्सले गत वर्ष झण्डै ४४ अर्ब बीमाशुल्क आर्जन गरेको नेपाल बीमा प्राधिकरणले जनाएको छ ।
प्राधिकरणको तथ्यांकअनुसार गत आर्थिक वर्षमा नेपाल इन्स्योरेन्स कम्पनीले एक लाख ९४ हजार नौ सय ३९ वटा बीमालेख जारी गरी दुई अर्ब तीन करोड ७४ लाख ९६ रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । यस्तै दि ओरियन्टल इन्स्योरेन्स कम्पनीले ४४ हजार सात सय २५ वटा बीमालेखबाट दुई अर्ब ७० करोड ४८ लाख पाँच हजार, राष्ट्रिय बीमा कम्पनीले एक लाख ५९ हजार छ सय ६६ वटा बीमालेखमार्फत एक अर्ब ३७ करोड ९२ लाख एक हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।
यसबाहेक नेसनल इन्स्योरेन्स कम्पनीले २८ हजार दुई सय ७१ वटा बीमालेख जारी गरी एक अर्ब छ करोड १६ लाख नौं हजार रुपैयाँ, नेको इन्स्योरेन्स कम्पनीले दुई लाख ९१ हजार आठ सय ९७ वटा बीमालेखमार्फत तीन अर्ब २८ करोड १८ लाख ८९ हजार रुपैयाँ, प्रभु इन्स्योरेन्स कम्पनीले एक लाख २३ हजार आठ सय ७६ वटा बीमालेख जारी गरी एक अर्ब ८६ करोड ९३ लाख १३ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।
त्यस्तै शिखर इन्स्योरेन्सले सो अवधिमा तीन लाख नौं हजार आठ सय ६३ वटा बीमालेखमार्फत पाँच अर्ब ७९ करोड ४२ लाख तीन हजार रुपैयाँ, एनएलजी इन्स्योरेन्स कम्पनीले एक लाख ९९ हजार २६ वटा बीमालेखमार्फत तीन अर्ब छ करोड ४८ लाख ७० हजार रुपैयाँ, हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले दुई लाख ८० हजार चार सय २९ वटा बीमालेखमार्फत चार अर्ब १० करोड चार लाख ६८ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।
यसैगरी सानिमा जीआईसी इन्स्योरेन्स कम्पनीले एक लाख ३२ हजार चार सय २९ वटा बीमालेखमार्फत दुई अर्ब ७० करोड ३२ लाख ७० हजार, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले दुई लाख ९८ हजार नौं सय ७५ वटा बीमालेखमार्फत चार अर्ब ३१ करोड दुई लाख ७० हजार, सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले दुई लाख ७९ हजार तीन सय ९८ वटा बीमालेखमार्फत पाँच अर्ब २० लाख ८३ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।
प्राधिकरणका अनुसार आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले दुई लाख २२ हजार एक सय ६२ वटा बीमालेखमार्फत तीन अर्ब ८६ करोड ५७ लाख १२ हजार र युनाईटेड अजोड इन्स्योेरेन्स कम्पनीले दुई लाख ९९ हजार दुई सय ८९ वटा बीमालेख जारी गरी दुई अर्ब ७८ करोड ३५ लाख १३ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।