काठमाडौं । मनसुनको मौसमसँगै चिस्यान र पानीका कारण क्षति भई बिग्रिएका मोबाइललाई मर्मत गर्नका लागि सामसङ नेपालले सामसङ मनसुन क्याम्प सुरु गरेको छ । ग्राहकलाई स्मार्टफोनको सबैभन्दा संवेदनशील भाग, चार्जिङ पोर्ट, मर्मत गर्न सहयोग गर्ने उद्देश्यले ल्याइएको हो ।
कम्पनीका अनुसार यो ग्राहक सेवा अभियान २०२५ अगस्ट २४ सम्म सञ्चालन हुनेछ । यसअन्तर्गत सामसङ प्रयोगकर्ताहरूले अधिकृत सामसङ सेवा केन्द्रमा गएर नोक्सानी भएको चार्जिङ पोर्ट निःशुल्क परिवर्तन गराउन सक्नेछन् । यद्यपि, चार्जिङ पोर्टको प्रतिस्थापन निःशुल्क भए पनि श्रम शुल्क र थप पाट्र्सको लागत भने ग्राहकले आफैँले व्यहोर्नुपर्नेछ । यो सेवा केवल सामसङका अधिकृत सेवा केन्द्रहरूमा मात्र उपलब्ध हुने जनाइएको छ ।