काठमाडौं । स्मार्टफोन ब्रान्ड रियलमीले आफ्नो नयाँ मोडेल रियलमी सी७१ नेपाली बजारमा ल्याएको छ । कम बजेटमा आकर्षक फिचर खोज्ने प्रयोगकर्तालाई लक्षित गर्दै ल्याइएको यो फोनले उत्कृष्ट प्रदर्शन, मजबुत बनावट र आकर्षक मूल्यको संयोजन दिएको जनाइएको छ ।
नयाँ रियलमी सी७१ जम्मा एक घण्टा चार्ज गरेर दुई दिनसम्म प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ । यो फोनमा ६३०० एमएएचको शक्तिशाली ब्याट्री छ, जुन लामो समय चल्नुका साथै ४५ वाटको फास्ट चार्ज सपोर्टले छोटो समयमा चार्ज पनि हुन्छ । फोन खसेर बिग्रिने डर हुनेहरूका लागि यो अझ उपयुक्त छ, किनभने यसमा सक रेसिस्टेन्स प्रविधि छ, जसले एक दशमलव आठ मिटर उचाइबाट खसे पनि फोनलाई जोगाउन सक्छ । फोनको संरचना अझ बलियो बनाउन आर्मर सेल प्रविधि र आईपी ६४ धुलो र पानी प्रतिरोधी सुविधा पनि दिइएको छ ।
कम्पनीका अनुसार १२० हट्र्जको डिस्प्ले दिइएको छ, यसले स्क्रोल गर्दा वा भिडियो हेर्दा स्मुथ र आरामदायी अनुभव प्रदान गर्दछ । फोटो खिच्न मन पराउनेहरूका लागि ५० मेगापिक्सेलको एआई क्यामेरा राखिएको छ । यसमा भएको टी७२५० अक्टा–कोर प्रोसेसरले एपहरू छिटो खोल्न, गेम खेल्न वा भिडियो हेर्नमा कुनै समस्या आउन दिँदैन । त्यस्तै, यसको एआई स्मार्ट सिस्टमले प्रयोगकर्ताको बानीअनुसार फोनको अनुभव अझ सहज बनाउँछ । यो फोनमा स्पष्ट र ठूलो आवाज आउने चार सय प्रतिशत अल्ट्रा बुम स्पिकर छ । साथमा एनएफसी सुविधा पनि छ, जसले कन्ट्याक्टलेस भुक्तानी गर्न सहज बनाउँछ ।
४+१२८जीबी स्टोरेजमा उपलब्ध रियलमी सी७१ १५ हजार नौ सय ९९ रुपैयाँ मूल्यमा रहेको उपलब्ध छ । प्रयोगकर्ताले यसलाई ह्वाइट स्वान र फरेस्ट आउलजस्ता दुई आकर्षक रङमा छनोट गर्न सक्छन् । थप पावरफुल ६+१२८ जीबी स्टोरेज भएको संस्करण पनि चाडै बजारमा आउने तयारीमा छ ।