काठमाडौं । आउटरिच नेपालले फ्लेम अवाड्र्स साउथ इस्ट एसिया २०२५ मा १३ प्रतिष्ठित पुरस्कार जित्न सफल भएको छ ।
कम्पनीले आफ्ना एक्टिभेसन तथा डिजिटल पार्टनरहरू, लेमन र डिजिटलिइनसँग मिलेर, हालै भारतको नयाँ दिल्लीस्थित ताज विवान्ता, द्वारका भएको कार्यक्रममा उक्त अवार्डहरु जित्न सफल भएको हो । यी अवार्डहरुमा युनिलिभरका लागि सात अवार्ड, सामसङका लागि दुई अवार्ड, एनसेलका लागि दुई अवार्ड, माउन्टेन ड्युका लागि एक अवार्ड र शिखर इन्स्योरेन्सका लागि एक अवार्ड प्राप्त गरेको छ । ती पुरस्कारमध्ये तीन स्वर्ण, पाँच रजत र पाँच कास्य अवार्ड हुन् । फ्लेम अवाड्र्सको आयोजना रुरल मार्केटिङ एसोसियसन अफ इन्डियाले गरेको हो । व्यवहार परिवर्तन, सञ्चार, क्षेत्रीय तथा समावेशी मार्केटिङमा उत्कृष्ट हुनेलार्ई सम्मान गर्ने उद्देश्यले यो अवार्ड प्रदान गर्ने गरिएको छ । यस वर्षको अवार्डमा नेपालसहित भारत, बंगलादेश र थाइल्यान्डबाट सहभागिता रहेको थियो । यसपटक फ्लेम अवार्डको इतिहासमै सबैभन्दा धेरै आवेदन परेको थियो ।
पारदर्शिता र विश्वसनीयता सुनिश्चित गर्न निर्णायक प्रक्रिया अन्स्र्ट एन्ड यङद्वारा आधिकारिकरूपमा अडिट गरिएको थियो । निर्णायक मण्डलको सह–अध्यक्षता बिस्लेइन्टरनेशनलका सिईओ एन्जेलो जर्ज र सिडवक्र्स इन्टरनेशनल लि. का प्रबन्ध निर्देशक तथा सिईओ डा. वेट्राम वसन्तवाडाले गरेका थिए, जसमा भारतका २० भन्दा बढी वरिष्ठ उद्योग विशेषज्ञहरू र भियतनाम, बंगलादेश, श्रीलंका, थाइल्यान्ड, नेपाल, इन्डोनेसिया र सिङ्गापुरका १५ भन्दा बढी ख्यातिप्राप्त दक्षिण पूर्व एसियाली निर्णायकहरू सहभागी थिए ।