वीरगञ्ज (पर्सा) । ठोरी गाउँपालिका–२ मा अवस्थित ढेँडुखोलामा नुहाउने क्रममा डुबेर आठ वर्षीय र चार वर्षीय दुई बालक को मृत्यु भएको छ ।
पर्सा प्रहरीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक किशोर लम्सालले ठोरी–२ ढेँडुखोलाका मनोज कठायतका छोरा अंश कठायत र आयांस कठायतको मंगलबार बिहान १० बजेको आसपासमा खोलामा डुबेर मृत्यु भएको जानकारी दिएका छन् ।
लम्सालका अनुसार ढेँडुखोलामा नुहाउने क्रममा दुई बालक अचानक डुबेर पानी माथि तैरिरहेको अवस्थामा स्थानीयले उद्धार गरेर स्वास्थ्यचौकी ठोरीमा पुर्याएका थिए । दुवै बालकको स्वास्थ्य जाँच गर्दा मृत्यु भइसकेको स्वास्थ्यकर्मीले जानकारी दिएका हुन् । आवश्यक मुचल्का तयार पारेर मृतक बालकको शवलाई पोष्टमार्टमका लागि नारायणी अस्पताल ल्याइएको पर्सा प्रहरीका सूचना अधिकारी लम्सालले जानकारी दिए ।