काठमाडौं । नेप्से सुचक तथा कारोबार रकम दुबै खुम्चिएको छ । अघिल्लो दिन ३७ दशमलव ९० अंकले ओरालो लागेको शेयर बजार परिसुचक नेप्से साताको तेस्रो कारोबार दिन मंगलबार पनि २६ दशमलव २२ अंकले ओरालो लागेर २७ सय ९६ दशमलव २४ बिन्दुमा खुम्चिएको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव शुन्य तीन अंकले ओरालो लागेर चार सय ८१ दशमलव ३८ बिन्दुमा खुम्चिएको छ । धितोपत्र बजारमा आज तीन सय २३ वटा कम्पनीहरुको ७८ हजार दुई सय २६ पटक शेयर किनबेच भएको छ । जसबाट एक करोड ७६ लाख ७१ हजार छ सय ७५ कित्ता शेयर खरिद बिक्री हुँदा कुल कारोबार रकम छ अर्ब ९१ करोड ८९ लाख ८३ हजार पाँच सय सात रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये होटल तथा पर्यटन उपसमुहको सुचक उकालो लागेको छ भने बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा सहितका १२ वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।