काठमाडौं ,बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई बहादुरसिंह लामा समूहले विश्वासको मत दिने भएको छ। केहीबेरअघि बसेको लामा समूहको संसदीय दलको बैठकमा यसबारे सहमति जुटेको हो।लामाले आफ्ना समूहका दुई सांसदलाई मन्त्रिपरिषद्‌मा समावेश गर्नुपर्ने सर्त राखेका थिए। बानियाँले विश्वासको मत लिएपछि सो शर्त कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएपछि लामा समूह समर्थन दिन तयार भएको हो। बागमती प्रदेशमा नेपाली कांग्रेसका ३७, एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपाका १३, नेकपा एकीकृत समाजवादीका ७, नेपाल मजदुर किसान पार्टीका ३ र हाम्रो नेपाली पार्टीका २ प्रदेशसभा सदस्य छन्। विश्वासको मत लिन ५६ सदस्यको समर्थन आवश्यक पर्छ।