काठमाडौं , राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संस्थापक महामन्त्री मुकुल ढकालले दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ। न्यायाधीशद्वय नहकुल सुवेदी र सुनीलकुमार पोखरेलको संयुक्त इजलासले मंगलबार उक्त रिट खारेज गर्ने आदेश दिएको हो।ढकालले आफू रास्वपाको महामन्त्री रहेको र सोही हैसियतमा काम गर्न पाउनुपर्ने दाबी गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए। यसअघि न्यायाधीशद्वय हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको इजलासले विवादित निर्णय र पत्राचारसम्बन्धी कागजात झिकाउने आदेश दिएको थियो।२०८१ असार २६ गते पार्टीहितविपरीत गतिविधि गरेको भन्दै ढकाललाई रास्वपाबाट निकालिएको थियो। पार्टीबाट हटाएपछि उनले आफू ‘रविको क्लब’ बाट निकालिएको प्रतिक्रिया दिएका थिए। ढकाल पार्टीको प्रवक्ता समेत रहेका थिए।