काठमाडौं । माओवादीबाट पाउने जति पद सुविधा पाएपछि त्यहाँतिर पिठ्युँ फर्काएर नयाँ पाटी खोलेर झोली थाप्दै हिँडेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई अहिले इसाई धर्मगुरु साइमन पिटरको पछिपछि हिँड्न थालेका छन् ।
इसाई धर्मावलम्बीहरुबाटै आर्थिक अनियमितताको आरोप लागेका साइमन पिटर भनिने गोर्खा बोहोरा गाउँका रामशरण नेपाल (परियार) क्रिश्चियन बनेपछि करोडौँको मालिक बनेका छन् । प्रचण्डलाई चितवनबाट गोर्खा ल्याएर उठाएर काठमाडौंबाट छोरी मानुषी यमी भट्टराईलाई जिताउने योजना बनाएका डा. भट्टराईको सपना छोरी हारेसँगै तुहिएको थियो । अहिले प्रचण्डलाई गोरखामा उठाएर आफूले गल्ती गरेको भन्दै अहिले साइमन पिटरको पछिपछि लागेर गोरखाका गाउँगाउँ घुम्न थालेका छन् ।
उनले आफूसँग गण्डकी प्रदेशका सिँचाइमन्त्री फणिन्द्र देवकोटालाई पनि लैजाने गरेका छन् । डा. भट्टराईले अब गोरखाबाट पाएसम्म राष्ट्रिय स्वतन्त्र पार्टीको टिकटबाट आफू र साइमन पिटर उम्मेदवार बन्ने योजना बनाएर सँगै गाउँ घुम्न थालेको समाचार स्रोतको दाबी रहेको छ ।