नेपालमा दुर्व्यसन समस्या विशेषगरी किशोरकिशोरी तथा युवाबीच तीव्ररूपमा फैलिरहेको छ । यसमा दुर्व्यसन अर्थात् लत वा नशा एक गम्भीर सामाजिक समस्या हो । अपितु देशमा, दुर्व्यसन र बेरोजगारी दुई गम्भीर सामाजिक समस्याका रूपमा देखा परेका छन् । यी दुई समस्याहरू एक–अर्कासँग गहिरो रूपमा जोडिएका छन् । यो बेरोजगारीले मानिसमा निराशा, तनाव र हीनताबोध पैदा गर्छ । जसले गर्दा उनीहरू दुर्व्यसनको जालोमा फस्ने सम्भावना बढी हुन्छ । जसले व्यक्तिको मानसिक, शारीरिक र सामाजिक जीवनमा गहिरो असर पार्दछ । फलतः नेपालजस्ता विकासोन्मुख राष्ट्रमा बेरोजगारीको दर उच्च छ, र यही बेरोजगारी दुर्व्यसनको प्रमुख कारक बन्न पुगेको छ । जब युवाहरूले आफ्नो जीवनमा उद्देश्य, अवसर र आत्मसम्मान गुमाउँछन्, तब उनीहरू नशाको शरणमा जान्छन् । वस्तुतः दुर्व्यसन भन्नाले कुनै पदार्थ वा व्यवहारमा अत्यधिक निर्भरता जनाउने अवस्था हो । यसमा मादक पदार्थको दुर्व्यसनमा रक्सी, गाँजा, चरेस, हिरोइन, ब्राउन सुगर आदि पर्दछन् । यसरी नै धुम्रपान र सुर्तीजन्य पदार्थमा चुरोट, गुट्का, खैनी आदि । त्यस्तै डिजिटल दुर्व्यसनमा मोबाइल, गेम, सामाजिक सञ्जाल र जुवा र सट्टामा आर्थिक संकट निम्त्याउने लतहरू हुन् । यसर्थ नेपालजस्तो देशमा भनेको बेरोजगारीमा आधारित दुर्व्यसन वृद्धि हुन सक्छ । बेरोजगारी कम गरेर उद्यमशीलता विकास गर्नु, सीप र दक्षता अभिवृद्धि गर्ने, स्वरोजगार प्रवर्द्धन गर्ने र आर्थिक अवसरहरू सिर्जना गर्ने नीति तथा कार्यक्रमले मात्र दुर्व्यसन नियन्त्रणमा मद्दत पुग्न सक्छ ।
नेपालजस्तो विकासोन्मुख मुलुकमा बेरोजगारी समस्या दीर्घकालीनरूपमा जरा गाडेर बसेको छ । जनसंख्या वृद्धिसँगै रोजगारीको अवसर विस्तार हुन नसक्नु, औद्योगिक उत्पादनमा कमी, कृषिमा आधुनिकीकरणको अभाव, सीपमूलक तालिम र उद्यमशीलताको कमी आदि कारणहरूले लाखौँ युवाहरू बेरोजगार बनेका छन् । बेरोजगारीको यो अवस्था केवल आर्थिक संकटमै सीमित हुँदैन, यसले समाजमा गहिरो मनोवैज्ञानिक र सामाजिक प्रभाव पार्छ । तीमध्ये एक प्रमुख नकारात्मक प्रभाव हो दुर्व्यसनको वृद्धि । दुर्व्यसन भन्नाले सामान्य जीवनशैली र स्वास्थ्यलाई हानी पुर्याउने गरी मदिरा, लागुऔषध, धुम्रपान, जुवातास, इन्टरनेट वा अन्य कुनै नकारात्मक क्रियाकलापमा दीर्घकालीन निर्भरता हुनु हो । बेरोजगार युवाहरूमा खाली समय, तनाव, आत्मविश्वासको कमी, पारिवारिक दबाब र साथीहरूको प्रभावले गर्दा दुर्व्यसनको सम्भावना उच्च हुन्छ । राष्ट्रमा विगत दशकयता यो समस्या विशेषगरी सहर क्षेत्र, सीमावर्ती बजार र विदेश फर्किएका युवाहरूमा तीव्ररूपमा देखिएको छ ।
नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक तथ्यांकअनुसार राष्ट्रिय योजना आयोगअनुसार २०८० नेपालमा औपचारिक बेरोजगारी दर करिब ११ दशमलव ४ प्रतिशत छ । तर, आंशिक रोजगारी समेत सम्मिलित गर्दा यो ३० प्रतिशतभन्दा बढी पुग्छ । यसको अलवा युवा १६ देखि ३५ वर्षसम्मका बेरोजगारी दर अन्य उमेर समूहको तुलनामा उच्च रहेको छ । त्यसरी नै २०८० सालमा नेपाल प्रहरीको लागुऔषध नियन्त्रण विभाग अनुसार, लागुऔषधसम्बन्धी पक्राउ पर्नेमध्ये ६० प्रतिशतभन्दा बढी १६ देखि ३५ वर्षका बेरोजगार वा आंशिक रोजगारी भएका युवाहरू थिए । त्यसरी नै डब्लूएचओको सन् २०२२को रिपोर्टअनुसार, दक्षिण एसियामा बेरोजगार युवामा मदिरा दुरुपयोग दर रोजगार भएका भन्दा करिब २.५ गुणा बढी थियो । यसै क्रममा काठमाडौं, पोखरा, विराटनगरजस्ता सहरमा गरिएको सर्वेक्षणमा ४० प्रतिशतभन्दा बढी नशा प्रयोगकर्ता बेरोजगार थिए । जसले दुर्व्यसनको जोखिम बढाउँछ । समाजको विकासका लागि सबल मानव संशाधन अनिवार्य हुन्छ । तर जब युवाशक्ति बेरोजगार हुन्छ । उनीहरूको क्षमता, समय र ऊर्जा सही तरिकाले प्रयोग हुँदैन । यसै अवस्थाको प्रतिकूल परिणाममध्ये एक हो दुर्व्यसन पनि हो । यसको साथसाथै अत्यधिक मदिरा, चुरोट, लागुऔषध वा अन्य लत लाग्ने पदार्थको सेवन हो । बेरोजगारी र दुर्व्यसन एक–अर्कासँग गाँसिएका समस्या हुन् । जसले व्यक्तिगत जीवन मात्र नभएर परिवार, समाज र राष्ट्रको भविष्यलाई समेत संकटमा पार्छ । तसर्थ देशमा यी दुई समस्या पछिल्ला वर्षहरूमा गहिरो चासोको विषय बनिसकेका छन् ।
वर्तमान समयमा लागुपदार्थको प्रयोग सबै देशको समस्याको रूपमा देखिएको छ । जसमा स्कुले विद्यार्थीदेखि पाको उमेरका मानिससम्म लागुपदार्थका अम्मली छन् । मुलुकमा लागुपदार्थको बेचबिखन तथा दुर्व्यसनको समस्या विगतको वर्षको तुलनामा केही बढेको पाइन्छ । जसलाई हेर्ने हो भने बेरोजगारी र दुर्व्यसन दुवै आधुनिक समाजका गम्भीर सामाजिक–आर्थिक र मनोवैज्ञानिक चुनौतीहरू हुन् । तिनीहरूबीचको सम्बन्ध जटिल, बहुआयामिक र अक्सर दुष्चक्रात्मक हुन्छ । बेरोजगारीले व्यक्तिहरूलाई दुर्व्यसनतर्फ धकेल्ने प्रवृत्ति राख्छ भने दुर्व्यसनले पनि बेरोजगारीको सम्भावना बढाउँछ । नेपालजस्तो विकासशील देशमा, जहाँ युवा जनसंख्याको ठूलो हिस्सा रोजगारीको खोजीमा छ वा अनिश्चिततामा छ । यो समस्या विशेषगरी गम्भीर रूप लिइरहेको छ । यस अर्थले बेरोजगारी कसरी दुर्व्यसनको एक प्रमुख कारक बन्दछ भन्ने विषयमा मनोवैज्ञानिक, सामाजिक, आर्थिक र सांस्कृतिक दृष्टिकोणबाट गहिरो विश्लेषण प्रस्तुत गर्नु उपर्युक्त हुन्छ ।
नेपालमा बेरोजगारी र दुर्व्यसनबीचको सम्बन्ध स्पष्ट र गम्भीर छ । बेरोजगारीले युवालाई मात्र आर्थिकरूपमा कमजोर बनाउँदैन । यसले मानसिक, सामाजिक र सांस्कृतिकरूपमा पनि नकारात्मक असर पुर्याउँछ । जब युवा उत्पादक क्रियाकलापमा संलग्न हुँदैनन् । उनीहरू दुर्व्यसनको चपेटामा पर्नसक्ने सम्भावना धेरै हुन्छ । यसैले, बेरोजगारी नियन्त्रण र दुर्व्यसन न्यूनीकरणका नीति र कार्यक्रमहरूलाई एकसाथ अघि बढाउन आवश्यक छ । रोजगारीको अवसर सिर्जना, सीप विकास, मानसिक स्वास्थ्य सेवा विस्तार, पुनर्स्थापना केन्द्रहरूको उपलब्धता र कानुनी कार्यान्वयनको सुदृढतामार्फत मात्र यो समस्यालाई दीर्घकालीनरूपमा समाधान गर्न सकिन्छ । यसरी समाज, परिवार, सरकार र स्वयं युवाको सक्रिय भूमिकाले मात्र बेरोजगारी–जन्य दुर्व्यसनको चक्र तोड्न सकिन्छ । त्यसरी नै देशमा दुर्व्यसनको प्रमुख कारकका रूपमा बेरोजगारी एक गम्भीर चुनौती हो । यी दुई समस्याहरू एक–अर्कासँग नछुट्टिने गरी जोडिएका छन् । तसर्थ बेरोजगारीले मानिसमा निराशा पैदा गर्छ । जसले गर्दा उनीहरू दुर्व्यसनको बाटो रोज्न बाध्य हुन्छन् । यस समस्याको समाधानका लागि सरकारले रोजगार सिर्जना गर्ने नीतिहरू ल्याउनुका साथै दुर्व्यसन न्यूनीकरणका लागि जनचेतना र पुनर्स्थापनाका कार्यक्रमहरू सञ्चालन गर्नुपर्छ । यसका लागि समाजका सबै वर्गको सामूहिक प्रयास अपरिहार्य छ । यसको साथै भविष्यको सुन्दर नेपाल निर्माणका लागि दुर्व्यसन र बेरोजगारीको अन्त्य गर्नु नै आजको प्रमुख आवश्यकता पनि हो ।
समग्रमा भन्नुपर्दा बेरोजगारी र दुर्व्यसन छुट्टाछुट्टै समस्याजस्तो देखिए पनि वास्तवमा यी दुई एक–अर्कालाई बल पुर्याउने कारक हुन् । जब कि बेरोजगारीले दुर्व्यसनलाई बढाउँछ । यस अर्थमा दुष्चक्र तोड्न समन्वित, दीर्घकालीन र बहुआयामिक प्रयास आवश्यक छ । मूलतः रोजगारी सिर्जना, चेतना अभिवृद्धि र उपचार सेवा विस्तारको संयोजन मात्र यस गम्भीर सामाजिक चुनौतीलाई समाधान गर्न सक्छ । अपितु बेरोजगारी र दुव्र्यसनबीचको सम्बन्ध एउटा गहिरो र जटिल सामाजिक समस्या हो । जबसम्म बेरोजगारीले सिर्जना गर्ने मनोवैज्ञानिक पीडा, सामाजिक कलङ्क, आर्थिक संकट र उद्देश्यको अभावले व्यक्तिहरूलाई दुव्र्यसनको सजिलो र अस्थायी समाधानतर्फ धकेल्छ । यसमा मुलुकको विशिष्ट सन्दर्भमा युवा बेरोजगारी, विदेश पलायनको असर र सामाजिक दबाबहरूले यो समस्या अझ बढाइरहेको छ । यसमा पनि भन्ने नै हो भने दुर्भाग्यवश, दुर्व्यसनले बेरोजगारीको समस्यालाई अझ बिगार्छ, एउटा अत्यन्तै हानिकारक दुष्चक्र सिर्जना गर्छ । यस समस्याको समाधान एकैपटक दुवैतर्फबाट हुनुपर्छ । यो बेरोजगारी घटाउने ठोस आर्थिक नीतिहरू, युवाहरूका लागि उपयुक्त रोजगारीका अवसर सिर्जना गर्ने, कौशल विकासलाई प्राथमिकता दिने र उद्यमितालाई प्रोत्साहन गर्ने कार्य गर्नुपर्छ । साथै, बेरोजगार व्यक्तिहरूका लागि सुलभ मानसिक स्वास्थ्य सेवा, ठोस रोकथामका कार्यक्रम, समुदाय आधारित समर्थन प्रणाली र पुनर्वासका कार्यक्रमहरू अत्यावश्यक छन् । जुन परिवार र समाजले कलङ्क घटाएर समावेशी र सहयोगी मनोवृत्ति अपनाउनुपर्छ । जसले गर्दा बेरोजगारी र दुर्व्यसनबाट ग्रस्त व्यक्तिहरूको प्रतिभा र क्षमतालाई सकारात्मक दिशा दिन सकेमा नै यो दुष्चक्र तोडेर तिनीहरूलाई उत्पादक जीवनमा फर्काउन सकिन्छ । जसले गर्दा न केवल व्यक्तिहरूको जीवन स्तर सुधारिनेछ । तर समग्र राष्ट्रको आर्थिक र सामाजिक विकासमा पनि ठूलो योगदान हुनेछ । यो जटिल समस्याको समाधान सरकार, निजी क्षेत्र, नागरिक समाज, परिवार र प्रभावित व्यक्तिहरू आफैँको समन्वित प्रयासबाट मात्रै सम्भव छ ।