काठमाडौं । टाइल ब्रान्ड कजारियाले आफ्नो वार्षिक आर्किटेक्ट एवम् डिजाइनर मिट ‘आर्क एन्ड अरा’ आयोजना गरेको छ ।
कम्पनीले हालै राजधानमा आयोजना गरेको सो मिटमा प्रख्यात आर्किटेक्टहरू, इन्फ्लुएन्सरहरू र उद्योग क्षेत्रका व्यक्तिहरू सहभागी भएर डिजाइन, नवीनता र नेटवर्किङको सम्बन्धमा छलफल गरेका थिए । कार्यक्रममा कजारिया रमेश टाइल्स लिमिटेडका निर्देशक हिमांश अग्रवालले कम्पनीको नेपालमा निर्माण विस्तार, आर्टिस्ट्री र सस्टेनेबिलिटीप्रतिको प्रतिबद्धताका बारेमा जानकारी गराएका थिए । साथै, कार्यक्रममा सहभागीहरुले कजारियाका प्रिमियम टाइलको अवलोकन समेत गरेका थिए । कार्यक्रममा लार्ज–फर्म्याट ग्लेज्ड भिट्रीफाइड टाइललगायतका विभिन्न आकारको टायल प्रदर्शनका लागि राखिएको थियो ।
कजारिया रमेश टाइल्स लिमिटेडका निर्देशक सञ्जय अग्रवालले नेपालको आर्किटेक्चरल ल्यान्डस्केपलाई नवीन डिजाइन, स्थानीय निर्माण र सहकार्यमूलक साझेदारीद्वारा उच्चस्तरमा पुर्याउने कम्पनीको मिसन रहेको बताए । कजारिया रमेश टाइल्स लिमिटेडले नेपालकै सबैभन्दा ठूलो टाइल उत्पादन प्लान्ट स्थापना गरेर नेपालको टायल उद्योगमा नयाँ कीर्तिमानी स्थापित गरेको छ । कम्पनीका नेपालभर ४५ भन्दा बढी एक्सक्लुसिभ सोरूमहरू र एक सयभन्दा बढी भरपर्दो डिलरहरू रहेका छन् ।