काठमाडौं । भिट्रिफाइड टायल्स लेमिनार टायल्सले काठमाडौंमा आफ्नो विशेष डिलर सोरूम सञ्चालनमा ल्याएको छ । काठमाडौंको थलीस्थित सुपर सप्लायर्स प्रालिलाई आधिकारिक डिलरको रूपमा नियुक्त गरी लेमिनार टायल्सले यो सोरूम उद्घाटन गरेको हो ।
सोरुमको बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री कृष्ण कुमार तामाङ र लेमिनार टायल्सका निर्देशकद्वय श्याम खेतान र आशुतोष खेतानले संयुक्तरूपमा उद्घाटन गरेका थिए । कार्यक्रममा कम्पनीका निर्देशक श्याम खेतानले लेमिनार टायल्सले देशभर एक सयभन्दा बढी विशेष सोरूमहरू स्थापना गर्ने लक्ष्यका साथ अघि बढिरहेको बताए । यस्तै, अर्का निर्देशक आशुतोष खेतानले लेमिनार भिट्रिफाइड टायल्स बलियो र टिकाउ रहेको, यसको लोड बियरिङ क्षमता र ब्रेकिङ स्ट्रेन्थ अरु टायल्सभन्दा बढी रहेको बताए ।
बर्दियाको गुलरियामा १२ दशमलव पाँच बिगाह क्षेत्रफलमा अवस्थित अत्याधुनिक युरोपेली प्रविधियुक्त उत्पादन केन्द्रबाट लेमिनार टायल्सको उत्पादन भइरहेको छ । कम्पनीले पाँच सयभन्दा बढी आकर्षक डिजाइनमा पाँच फरक आकारका टायल्स बजारमा उपलब्ध गराएको छ । यी टायल्सहरु पूर्ण भिट्रिफाइड भएकाले ९९ दशमलव ९२ प्रतिशतसम्म वाटरप्रुफ छन् । उच्च गुणस्तरको कच्चापदार्थ तथा उन्नत उत्पादन प्रक्रियाका कारण अन्य सेरामिक टायल्सको तुलनामा चार गुणा बढी टिकाउ रहेको कम्पनीको दाबी छ ।