अमेरिका । चिप निर्माताहरु एनभिडिया र एएमडीले अमेरिकी सरकारलाई चिनियाँ बिक्रीबाट हुने १५ प्रतिशत राजस्व बुझाउन सहमति जनाएका छन् । यसका लागि अमेरिकी सरकारले कम्पनीहरुलाई चीनमा चिप बिक्री गर्न लाइसेन्स दिएको थियो ।
यसअघि अमेरिकाले कृत्रिम बौद्धिकता (एआई)जस्ता क्षेत्रहरुमा प्रयोग हुने शक्तिशाली चिपहरु बिक्रीमा प्रतिबन्ध लगाएको थियो । राष्ट्रिय सुरक्षामा ध्यानाकर्षण गर्दै उक्त प्रतिबन्ध लगाइएको थियो ।
पछिल्लो निर्णयप्रति राष्ट्रपति डोनाल्ड ट्रम्पको अघिल्लो कार्यकालमा जिम्मेवारी सम्हालेका सरकारी अधिकारीहरुले भने ध्यानाकर्षण जनाएका छन् । उनीहरुले एनभिडियाको एच२० चिप निर्यात गर्दा चीनको एआई क्षमता तीव्रगतिले बढ्ने बताएको बीबीसीले उल्लेख गरेको छ ।