काठमाडौं । शेयर बजारको ओरालो यात्राले साताको चौंथो कारोबार दिन बुधबार पनि निरन्तरता पाएको छ । अघिल्लो दिन २६ दशमलव २२ अंकले ओरालो लागेको शेयर बजार परिसुचक नेप्से आज बुधबार पनि १० दशमलव ५० अंकले ओरालो लागेर २७ सय ८५ दशमलव ७४ बिन्दुमा खुम्चिएको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ६१ अंकले ओरालो लागेर चार सय ७९ दशमलव ७६ बिन्दुमा खुम्चिएको छ । तीन सय २१ वटा कम्पनीहरुको ७० हजार ९९ पटकको कारोबारमा एक करोड ५८ लाख ४७ हजार आठ सय ७३ कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल कारोबार रकम छ अर्ब १६ करोड १८ लाख ९४ हजार सात सय ३४ रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये बिकास बैंक, फाईनान्स, सामुहिक लगानी कोष र अन्य उपसमुहको सुचक उकालो लागेको भएपनि बाणिज्य बैंक, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त सहितका नौं वटा उपसमुहहरुको सुचक भने ओरालो लागेका छन् ।