काठमाडौं, प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले पदबाट राजीनामा दिएका छन्।खतिवडाले मंगलबार प्रतिनिधिसभाको रोष्ट्रममा राजीनामा दिने घोषणा गरेका थिए भने बुधबार सभामुखलाई औपचारिक रुपमा राजीनामा पत्र बुझाएका छन्। राजीनामा पत्रमा खतिवडाले उल्लेख गरेका छन्, “मिति २०८२ साल साउन २७ गते बसेको संघीय संसद, प्रतिनिधिसभाको बैठकमा मैले बोल्ने क्रममा प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था सुशासन समितिको सभापति पदबाट राजीनामा दिने घोषणा गरे बमोजिम आजैबाट लागु हुने गरी राजीनामा गरेको जानकारी गराउन चाहन्छु।”यस कदमले समिताको नेतृत्वमा नयाँ परिवर्तनको बाटो खोल्ने संकेत गरेको बताइएको छ।