काठमाडौं। काठमाडौं जिल्ला अदालतले गुण्डा नाइके चक्रे मिलनलाई ३० हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको छ। जिल्ला अदालतका न्यायाधीश खिमानन्द भुसालको इजलासबाट बुधबार आदेश जारी भएको हो।अदालतका सूचना अधिकारी दिपक कुमार श्रेष्ठका अनुसार उनलाई धरौटी बुझाएर रिहा गर्ने आदेश दिइएको हो। मिलनलाई गत साउन १५ गते काठमाडौंको चक्रपथस्थित साम्बला होटलबाट जन्मदिन मनाइरहेका बेला प्रहरीले पक्राउ गरेको थियो। पक्राउ परेपछि उनलाई विभिन्न आरोपमा अनुसन्धानका लागि थुनामा राखिएको थियो। अब धरौटी रकम बुझाएपछि उनी साधारण तवरमा बाहिरिनेछन्।